दफा ६७
लेखापरीक्षकलाई कारबाहीको सिफारिस गर्ने
(१) यस ऐन बमोजिमको कर्तव्य पालना नगर्ने लेखापरीक्षकलाई राष्ट्र बैंकले कुनै पनि बैंक वा वित्तीय संस्थाको एक वर्षदेखि तीन वर्षसम्म लेखापरीक्षण गर्न नपाउने गरी लेखापरीक्षकको सूचीबाट हटाउन सम्बन्धित नियमनकारी निकायमा सिफारिस गरी पठाउनेछ । (२) उपदफा (१) बमोजिम सिफारिस भई आएमा सम्बन्धित नियमनकारी निकायले प्रचलित कानून बमोजिम त्यस्तो लेखापरीक्षकलाई कारबाही गर्नु पर्नेछ ।